आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीले अचानक यस्तो गरेपछि नेकपाको कडा विरोध

विद्या भण्डारीले अचानक यस्तो गरेपछि नेकपाको कडा विरोध

  • मिडिया डबली
  • आइतवार, पौष २६ २०७७

  • 9.9K
    SHARES

  • विद्या भण्डारीले अचानक यस्तो गरेपछि नेकपाको कडा विरोध

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले राष्ट्रिय सभाको हिउँदे अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीबाट अचानक अन्त्य भएकोप्रति विरोध जनाएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा जनताको आवाजको प्रतिनिधित्व गर्ने थलोको रूपमा रहेको राष्ट्रियसभा अचानक बन्द भएकोमा विरोध रहेको जानकारी दिए ।

    प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो सम्बोधन भएकाले अस्वीकार गर्दै आज आईतबारको बैठकमा सहभागी नभएको श्रेष्ठले बताएका छन् । सरकारले आईतबारै राष्ट्रिय सभाको हिउँदे अधिवेशन समेत अन्त्य गरेको छ ।

    आईतबार बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताएका छन् । श्रेष्ठले नितान्त प्रचण्डको परिवारको स्वास्थ्य उपचारको सिलसिलामा भ्रमण भएको बताएका छन् ।

    बैठकले प्रधानमन्त्री ओलीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न चेतावनी दिने निर्णय गरेको छ । बैठकले ४ पूर्व प्रधानन्याधीशले प्रतिनिधिसभा विघटनको विषयमा राखेको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    आईतबार बसेको बैठकले प्रधानमन्त्री ओलीले अहिले प्रदर्शन गरिरहेको चरित्र अधिनायकवादी र निरंकुश भएको ठहर समेत गरेको छ । बैठकले राज्यको साधनस्रोतबाट सञ्चालित सञ्चारमाध्यम एउटा गुटको प्रचारजस्तो भएको भन्दै भर्त्सना गरेको छ । प्रधानमन्त्री ओलीको यस्तो कार्यलाई बन्द गर्न पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    ‘आफूलाई लागेका अभिव्यक्ति दिने हक सबैलाई छ । अभिव्यक्ति दिएकै कारण धम्क्याउने कार्यको बैठकले भर्त्सना गरेको छ । साथै सम्पूर्ण बुद्धिजीवी, प्रबुद्ध व्यक्तित्व, सचेत नागरिक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीको यो कदमविरुद्ध एकजुट भएर लड्न पार्टीले आह्वान गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

    प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध पार्टीको आन्दोलन प्रभावकारी बनाउने र पार्टीको सुदृढीकरण अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend