आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरबहादुर देउवाकै लाइनमा आए बाबुराम भट्टराईका अध्यक्ष, केपी ओलीलाई फाइदा !

शेरबहादुर देउवाकै लाइनमा आए बाबुराम भट्टराईका अध्यक्ष, केपी ओलीलाई फाइदा !

  • मिडिया डबली
  • आइतवार, पौष २६ २०७७

  • 7.6K
    SHARES

  • शेरबहादुर देउवाकै लाइनमा आए बाबुराम भट्टराईका अध्यक्ष, केपी ओलीलाई फाइदा !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि विभिन्न राजनीतिक दलले आन्दोलन गरिरहेका छन् । संसद विघटनको मुद्दा संसदमा पुगेपछि नेपाली कांग्रेस भने पर्ख र हेरको अवस्थामा छ ।

    कतिपय नेताहरूले सर्वाेच्च अदालतको सुनुवाइ नै प्रभावित हुने गरी अभिव्यक्ति दिइरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतबाट आएको निर्णय स्वीकार्य हुने बताएका छन् । देउवाले अदालतलाई यो गर उ गर भन्न नपाइने स्प्ष्ट पारेका छन् ।

    देउवाले सर्वाेच्चले संसद विघटनलाई वैधानिकता दिए कांग्रेस सहर्ष निर्वाचनमा जाने बताएका छन् । देउवाकै लाइनसँग मिल्ने अभिव्यक्ति दिएका छन्, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आवद्ध पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले ।

    प्रेस नेपाल रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले अदालतको नतिजा पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै निष्पक्षता र न्याय निरुपणमा पूर्ण विश्वास रहेको बताएका छन् ।

    ‘हामी पर्ख र हेरको स्थितिमा छौं,’ उनले भने, ‘अदालतको निर्णयपछि मात्र अगाडिको रणनीति निर्धारण गरिने छ ।’  

    तत्कालीन मधेशवादी दलसँग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले सुरूदेखि नै संविधान त्रुटीपूर्ण रहेको बताउँदै संशोधन हुनुपर्ने माग राख्दै आएको ठाकुरले स्मरण गरे ।

    प्रतिनिधिसभा विघटन असामयिक र असंवैधानिक भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन सुरू गरेको उनले बताए । तर संसद पुनःस्थापना नभएर चुनावमा जानु परे पार्टी तयार रहेको ठाकुरले बताएका छन् ।

    प्रधानमन्त्री ओलीले जोडतोडका साथ निर्वाचनको तयारी गरिरहेका बेला कांग्रेस र जसपा निर्वाचनका लागि तयार देखिएपछि ओलीलाई फाइदा हुने भएको छ । ओलीबाट छुट्टिएका प्रचण्ड–नेपाल पक्षका नेताहरूले भने संसद पुनःस्थापनाको एकसुत्रीय माग राख्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend