आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘भगौडा नम्बर १ कोही हो भने केपी शर्मा ओली हो’

‘भगौडा नम्बर १ कोही हो भने केपी शर्मा ओली हो’

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 7.3K
    SHARES

  • ‘भगौडा नम्बर १ कोही हो भने केपी शर्मा ओली हो’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्व मन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली भगौडा नम्बर १ भएको आरोप लगाएका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षका नेता रहेका भीम रावलले ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ दिएका छन् ।

    शुक्रवार धनगढी पुगेका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षका नेताहरूलाई भगौडाको संज्ञा दिएका थिए । त्यसपछि काठमाडौंमा आयोजित कार्यक्रममा नेता रावलले ओलीलाई जवाफ दिएका छन् ।

    अछाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै नेता रावलले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा सामान्तहरूलाई भेट्ने, नेकपाको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर १ कोही हो भने केपी शर्मा ओली हो ।’

    शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको नेता रावलले बताए । पार्टीले बैठक बोलाएपछि पनि तथ्यहीन आरोपहरूसहित २ पन्ने पत्र पठाएर ओली अनुपस्थित भएको रावलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend