आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेललाई झड्का, सम्धीलाई वाणिज्य बैंक सुम्पिने योजना तुहियो !

ईश्वर पोखरेललाई झड्का, सम्धीलाई वाणिज्य बैंक सुम्पिने योजना तुहियो !

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 6.0K
    SHARES

  • ईश्वर पोखरेललाई झड्का, सम्धीलाई वाणिज्य बैंक सुम्पिने योजना तुहियो !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई झड्का लागेको छ ।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सम्धी उपेन्द्र कोइरालालाई नियुक्त गरेर बैंक सुम्पिने पोखरेलको योजना तुहिएको छ ।

    सामाजिक सञ्जाल र जनस्तरमा व्यापक विरोध भएपछि सरकारले पोखरेलका सम्धी कोइरालालाई अध्यक्ष बनाउने निर्णय गर्न सकेन । सरकारले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त गरेको छ ।

    यसअघि वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने तयारी गरिएको थियो । स्रोतका अनुसार कोइरालालाई अध्यक्ष बनाउने विषयमा विवाद देखिएपछि शर्मालाई अध्यक्ष बनाइएको छ । सरकारले बैंकको सञ्चालक समितिमा सम्धी कोइरालालाई गत भदौमै नियुक्त गरेको थियो ।

    बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेसँगै बिहीवार शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाएका राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend