काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि ३० लाख रुपैयाँ आर्थिक अपचलन गरेको अभियोग लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले कारवाहीको सिफारिस गरेपछि प्रभावशाली नेता भीम रावललाई जवाफ फर्काएका छन् ।
बुधबार बसेको प्रदेश कमिटी बैठकले रावलसहित ३ नेतालाई कारवाहीको सिफारिस गरेको थियो ।
सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्, ‘नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा मलाई रकमको ‘अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालीगलौज गर्नु फुटवादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उच्छृंखलता मात्र हो ।’
नेकपा विभाजन भएपछि ओली र प्रचण्ड–नेपाल पक्षले एकअर्कालाई कारवाही गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।