आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको भारत भ्रमणप्रति गोकुल बाँस्कोटाको गम्भीर शंका, यतिसम्म लेखे !

प्रचण्डको भारत भ्रमणप्रति गोकुल बाँस्कोटाको गम्भीर शंका, यतिसम्म लेखे !

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 5.3K
    SHARES

  • प्रचण्डको भारत भ्रमणप्रति गोकुल बाँस्कोटाको गम्भीर शंका, यतिसम्म लेखे !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति शंका व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभा संसद विघटनपछि नेकपा फुटेको बेला पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएपनि नेता बाँस्कोटाले शंका गरेका छन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको उपचार सफल होस्, शुभकामना ! तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित छ ।’

    नेकपा विभाजन भएपछि प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सरकारविरुद्ध सडक संघर्ष गरिरहेको छ । प्रचण्ड पक्षीय नेकपाले संसद पुनर्स्थापनाको माग गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend