सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

ओली र प्रचण्डतिर नगई बामदेवले गरे छुट्टै संगठन बनाउने घोषणा, तेस्रो नेकपा जन्मियो 

ओली र प्रचण्डतिर नगई बामदेवले गरे छुट्टै संगठन बनाउने घोषणा, तेस्रो नेकपा जन्मियो 

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 6.4K
    SHARES

  • ओली र प्रचण्डतिर नगई बामदेवले गरे छुट्टै संगठन बनाउने घोषणा, तेस्रो नेकपा जन्मियो 

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि तटस्थ देखिएका उपाध्यक्ष बामदेव गौतमले छुट्टै संगठन बनाउने घोषणा गरेका छन् ।

    बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतैतिर पनि नजाने र छुट्टै संगठन बनाउने स्पष्ट पारे ।

    गौतमले नेकपा दुई समूहमा विभाजित भए पनि सकभर एकताको लागि अझै पनि प्रयास गरिरहेको पनि बताए ।

    ‘नेकपा २ समूहमा विभाजित छ, म कुनै समुहमा छैन । राजनीतिक रुपमा विभाजित छ, कानुनी रुपमा के हुन्छ भन्न सकिँदैन । एकताको निम्ति लामो प्रयत्न गरेकाले, फेरि एकता गराउन प्रयास गरिरहेको छु । संगठनात्मक संरचना निर्माण गरेर जाने पक्षमा छु,’ उनले भने, ‘अहिले २ वटा समूहका मुख्य नेताहरू एकअर्काविरुद्ध यसरी उत्रनुभएको छ, समाजवादी सभ्यता निर्माण गर्छाै भन्नेलाई लाज लाग्ने गरी ।’ 

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यसअघिका प्रयास रोकेको भए पनि पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भनेर आफूले थाहै नपाएको गौतमले बताए ।

    अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो काम होला भन्ने आफूले कहिल्यै नसोचेको उनले बताए । ‘पार्टी एकता जोगाउन म विरोधी जस्तो भएर प्रकट भएँ । अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो काम होला भन्ने मैले सोचेको थिइनँ । आलोचना गर्ने समूहमा बसेर पनि पार्टी एकता जोगाउन अविश्वासको प्रस्ताव असफल बनाएको थिएँ,’ गौतमले भने, ‘पार्टीमा आरोप–प्रत्यारोपको पत्र राख्दा पनि सुधारका लागि सम्भव उपाय हुन्छ भनेको थिएँ । यसपटक अविश्वासको प्रस्ताव लैजाँदा सोधिएन, पुस ५ गते अविश्वासको प्रस्ताव लैजाँदा मलाई थाहा भएन ।’

    उपाध्यक्ष गौतमले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँदा–आउँदै पनि प्रधानमन्त्री केपी ओलीसामु पार्टी एकता जोगाउने अवसर रहेको बताएका छन् । ‘अविश्वासको प्रस्ताव आउँदा–आउँदै पनि पार्टी जोगाउन अन्तिम पटक पनि अवसर थियो । मैले सोचें, म त्यो ठाउँमा भएको भए अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा पहिल्यै राजीनामा दिन्थे । त्यो एउटा उदाहरण प्रस्तुत हुन्थ्यो, आगामी दिनमा यो आन्दोलन अगाडि बढाउन चाहनेको लागि,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend