आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले सत्ताको आडमा सांसद किनबेच गरिरहेको घनश्याम भुसालको खुलासा

केपी ओलीले सत्ताको आडमा सांसद किनबेच गरिरहेको घनश्याम भुसालको खुलासा

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 6.4K
    SHARES

  • केपी ओलीले सत्ताको आडमा सांसद किनबेच गरिरहेको घनश्याम भुसालको खुलासा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल पक्षमा लागेका नेता घनश्याम भुसालले सत्ताको आडमा सांसद किनबेचको खेल चलिरहेको खुलासा गरेका छन् ।

    प्रेस संगठन नेपाल रुपन्देहीले बिहीवार तिलोत्तमामा गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सत्ताको आडमा विभिन्न प्रलोभन देखाएर सांसद किनबेच गरिरहेको आरोप लगाए ।

    संसद पुनःस्थापना नभए मुलुक अस्थिरता र अराजकताको दुष्चक्रमा फस्ने भन्दै पूर्व मन्त्री समेत रहेका भुसालले संसद पुनःस्थापनाको विकल्प नभएको दोहोर्‍याएका छन् ।

    नेता भुसालले लोकतन्त्र, पार्टी  र जनतासँग गरेको सम्झौता विपरीत संसद विघटन गर्ने प्रधानमन्त्री ओली सजायको भागीदार रहेको बताए । उनले संसद पुनःस्थापना गरेर ओलीलाई सजाय दिन सकिने बताएका छन् ।

    नेता भुसालले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समेत ढिलासुस्ती गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक रहेको भन्दै भुसालले महत्त्वपूर्ण मुद्दामा सर्वोच्चले देखाएको ढिलासुस्तीले न्यायालयमाथि नै प्रश्न उठेको बताएका छन् ।

    ‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको बर्खिलाप छ । लोकतन्त्र र समाजवाद विरूद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो,’ नेता भुसालले भने, ‘अदालती व्यवस्थाअनुरूप पनि संसद विघटन प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ, तर अदालतले यति महत्त्वपूर्ण विषयमा किन ढिलाइ हुँदैछ ?’  

    नेता भुसालले संसद पुनःस्थापनाले मात्रै संविधानको रक्षा हुने र मुलक सही दिशामा जाने बताएका छन् । ओलीले नाकाबन्दीमा लिएको अडानलाई जोडेर संविधान विपरीतको कदमलाइ ठीक हो भन्ने भ्रम फैलाउन खोजिएको भन्दै नेता भुसालले नागरिक समाज, बुद्धिजीवी र सञ्चार जगतले यसलाई चिर्नुपर्नेमा समेत जोड दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend