काठमाडौँ- लोकदोहरी गायिका बिष्णु माझी र भागीरथ चलाउनेको स्वरमा सजिएको 'पानी पाए पछि...' बोलको गीत सार्बजनिक भएको केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ ।
सामाना शाहको शब्दलाई टपक्क टिपेर गायक स्ययम् चलाउनेले गीतको संगीत भरेका हुन् । गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् ।
भिडिओमा मोडल अन्जली अधिकारी र केशब श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ । निर्देशक सिर्जन बरालको निर्देशनमा तयार पारिएको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओको छायांकन राजेश घिमिरेले गरेका छन । भिडिओलाई सामाना क्रियशन युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।