आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायक अर्जुनको 'ए दैब...' मा आशिर र अन्जलीको दर्दनाक अभिनय [ भिडियोसहित ]

गायक अर्जुनको 'ए दैब...' मा आशिर र अन्जलीको दर्दनाक अभिनय [ भिडियोसहित ]

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 8.1K
    SHARES

  • गायक अर्जुनको 'ए दैब...' मा आशिर र अन्जलीको दर्दनाक अभिनय [ भिडियोसहित ]

    काठमाडौँ-  हिन्दुहरुको महान चाड दशै नजिकिदै गर्दा दशैलाई नियाल्दै गायक अर्जुन कुवर 'पित्री बूढो' र गायिका सरिता शाहिको  'ए दैब...'  बोलको गीत भर्खरै सार्बजनिक भएको छ। 

    गीतमा एउटा गरिब परिवार जसले दिनभरी मजदुरी गर्दा पनि बिहान बेलुका छाक टार्न गारो भएको विषय बस्तुलाई समाबेश गरिएको छ। सधै दर्शकलाई रुवाउने गीत गाउने अर्जुनले अहिलेपनी गरिबको पिडालाई समाबेश गर्दै कारुणिक गीत  'ए दैब...'  बजारमा ल्याएका हुन्। 

    उनी गायक मात्र नभई एउटा सबैलाई हसाउने हास्य कलाकार पनि हुन जसलाई 'पित्री बुढो' को नामले सजिलै चिन्न सकिन्छ । अर्जुनले 'आशुको कारखाना,' लिलामी, आशुको शहर, शासन जस्ता चर्चित गीतमा आवाज दिइसकेका छ्न्। 

    सर्जक गणेश अधिकारिको लय तथा शब्द रहेको यो गीतको भिडियोमा लोकप्रिय कलाकर आशिर प्रताप जङ्ग, अन्जली अधिकारीको दमदार अभिनय देख्न सकिन्छ । उनीहरुलाई पुर्स्त्तोतम ढुंगाना र बाल कलाकार सभिरा बोहोराले साथ दिएका छ्न्। 

    स्मृती तिमिल्सिना 'गुरुआमा' को निर्देश तयार गरिएको भिडियोले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । शिव पौडेलको समपादनमा रहेको  भिडियोलाई योग्सना डिजिटल म्युजिक प्रा लि बाट बजारमा ल्याएको हो । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २२ २०७७०३:५६:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend