काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत गएको मौकामा अर्का अध्यक्ष माधवकुमार नेपाल तातेर बैठकको अध्यक्षता गरिरहेका छन् ।
पार्टी स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बैठक १२ बजेदेखि चलिरहेको बताएका छन् ।
बैठकमा पार्टी एकताका बाँकी कामहरु सम्पन्न गर्ने विषयमा छलफल भइरहेको छ । स्थायी कमिटी बैठकले पार्टी एकताका सम्बन्धमा ठूला निर्णय समेत लिनसक्ने नेताहरूले बताएका छन् ।
अध्यक्ष प्रचण्ड भने पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टिएपछि प्रचण्ड–नेपाल पक्षले छुट्टै बैठक र निर्णय गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।