काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलन गरिरहेका छन् ।
प्रचण्ड–नेपाल पक्षले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । तर आन्दोलनमा अनौठो कार्यक्रम समेत देखिएको छ ।
प्रचण्ड–नेपाल पक्षीय नेकपाले शनिबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर पुस २० गतेदेखि माघ २३ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
चरणवद्ध आन्दोलनको सूचीको ११ नम्बरमा ‘पुस ३० गते देशव्यापी सबै वडाहरूमा विरोध प्रदर्शन र सभा’ गर्ने उल्लेख छ ।
तर अनौठो कुरा त के भने पुस महिनामा ३० गते परेको छैन । पुस महिना २९ गते सकिएको भोलिपल्ट माघ १ गते लाग्नेछ । प्रचण्ड–नेपाल पक्षको आन्दोलन कार्यक्रममा पुस ३० गतेका लागि कार्यक्रम तोकिएको छ ।
पार्टी विघटनपछि प्रधानमन्त्री ओलीविरुद्ध लाग्दा प्रचण्ड–नेपाल अधिकांश ठाउँमा निराश देखिने गरेका छन् । निराश मात्रै होइन, प्रचण्ड–नेपालको होस नै उडिसकेको, पात्रोमा नभएको दिन आन्दोलन तोक्न थालेको चर्चा समेत हुन थालेको छ ।
यस्तो छ आन्दोलन कार्यक्रम


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।