आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सूर्य चिन्हमा आँखा नलाउन भीम रावलको चेतावनी

सूर्य चिन्हमा आँखा नलाउन भीम रावलको चेतावनी

  • मिडिया डबली
  • शनिवार, पौष १८ २०७७

  • 7.6K
    SHARES

  • सूर्य चिन्हमा आँखा नलाउन भीम रावलको चेतावनी

    काठमाडौं – नेकपा नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सूर्य चिह्न आफ्नो समूहको भएको दाबी गरेका छन् । शुक्रवार धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले कार्यकर्तालाई ढुक्क भएर बस्न आग्रह गरे । वैधानिक पार्टी र सूर्य चिह्न हाम्रो हो रावलले भने, ‘भ्रममा नबसौँ हामीले नै वैधानिकता पाउँछौँ ।’

    प्रधानमन्त्री ओलीले लगातार राष्ट्रियता विरोधी र विधि तथा पद्धति विरोधी कार्य गर्न थालेपछि पार्टीले हस्तक्षेप गरेको नेता रावलले बताए । ‘हामीले घेराबन्दी पनि गरेका छैनौं, उहाँको कार्यमा बाधा सिर्जना पनि गरेका छैनौं,रावलले भने, राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने,पार्टी विभाजन गर्न खोजेपछि रोक्ने कार्य भने गरेकै हौ।’ नेता रावलले सुदूरपश्चिम प्रदेश समितिको बैङ्क खातामा रहेको पैसा झिकेको स्वीकार गरेका छन् ।

    ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले, हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं रावलले भने, ‘केही रकम हाम्रो काममा खर्च भयो ।’

    रकम झिकेको भन्दै प्रदेश अध्यक्ष कर्ण थापाले धम्की दिएको समेत रावलले बताए । खातामा रहेको ३० लाख रकम प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले झिक्नु भएको हो,ु रावलले भने, ‘रकम झिकेको भन्दै प्रदेश अध्यक्ष थापाले धम्की दिनु गलत हो, उहाँको धम्कीले कोही डराउनेवाला छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend