सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

संसदमा छिरेका बामदेव गौतमतिर सबैको नजर ! के गर्न सक्छन् ?

संसदमा छिरेका बामदेव गौतमतिर सबैको नजर ! के गर्न सक्छन् ?

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 4.9K
    SHARES

  • संसदमा छिरेका बामदेव गौतमतिर सबैको नजर ! के गर्न सक्छन् ?

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भई राष्ट्रियसभा सदस्य बनेका नेकपा उपाध्यक्ष बामदेव गौतमतिर सबैको नजर परेको छ ।

    गौतमको नियुक्तिपछि पहिलोपटक बसेको राष्ट्रियसभा संसद बैठकमा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष बामदेव गौतमको उपस्थितिले सभाको गरिमा बढाएको बताए ।

    शर्माले गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद दिएका छन् ।

    शुक्रबार राष्ट्रियसभा अधिवेशनको उद्घाटन मन्तव्यमा नेता शर्माले प्रतिनिधिसभा नभएको सन्दर्भमा यसको महत्त्व र गरिमा उचो रहेको बताए । असोज १ गते राष्ट्रि सभा सदस्यमा नियुक्त भएका गौतम शुक्रबार पहिलोपटक बैठकमा उपस्थित भएका छन् । 

    ‘बामदेव गौतमजीले पार्टी विभाजनलाई मन पराउनुभएको छैन, मैले एकताका पहल गर्छु भन्नुभएको छ, कतै कुनै सम्भावना छ कि ? कुनै रसायन छ कि ? उहाँको प्रयत्न सफल रहोस्, शुभकामना दिन चाहन्छु,’ शर्माले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend