आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाको खाताबाट भीम रावलले ३० लाख झिकेकै हुन् ?

नेकपाको खाताबाट भीम रावलले ३० लाख झिकेकै हुन् ?

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 6.5K
    SHARES

  • नेकपाको खाताबाट भीम रावलले ३० लाख झिकेकै हुन् ?

    काठमाडौं – आन्तरिक विवाद विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको किचलो पार्टी सम्पत्ति र बैंक खातासम्म पुगेको छ। नेकपा (प्रचण्ड(माधव) समूहले खाता रोक्का गर्न बैंकहरूलाई पत्राचार गरेको छ।

    पार्टीभित्र विवाद रहेको सम्पत्ति र बैंक खातामाथि हक लाग्ने विषयमा टुंगो नलागेसम्म खाता रोक्का गर्न प्रचण्ड(माधव समूहले बैंकहरूलाई पत्राचार गरेको छ। तर, सुदूरपश्चिमको पार्टीको खाताबाट बुधबार ३० लाख रुपैयाँ झिकिएको प्रदेश अध्यक्ष कर्ण थापाले बताएका छन्।

    थापा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता हुन्। प्रचण्ड(माधव समूहमा रहेका नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको खाताबाट ३० लाख रुपैयाँ झिकेको थापाले दाबी गरेका छन्। ‘भीम रावलले दबाब दिएर बुधबार पार्टीको खातामा रहेको ३३ लाखमध्ये ३० लाख रुपैयाँ आज झिक्न लगाउनु भएको जानकारी हामीले पाएका छौँ,’ थापाले भने।

    तीनजनाको नाउँमा खाता सञ्चालन भएकोमा दुईजनालाई मिलाएर रावलले पैसा झिकेको उनको दाबी छ। ‘तीनजनाको नाउँमा खाता सञ्चालन छ, आज दुई जनालाई मिलाएर उहाँले बैंकबाट ३० लाख झिक्नु भएको छ,’ सुदूरपश्चिमको प्रदेश स्तरीय कार्यकर्ता भेलामा थापाले भने,‘रावलले पैसा झिक्न लगाएको म सबैलाई जानकारी गराउन चाहन्छु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend