काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले गृहजिल्ला काभ्रेपलाञ्चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष फेरेका छन् ।
नेकपा ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ । धुलिखेल नगरपालिकाका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।
ओली नेकपाको मंगलवार बसेको दोस्रो बैठकले पार्टी सचिवमा नारायण पाण्डे चयन गरेको छ । बैठकले १२४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरिएको ब्याञ्जुले बताएका छन् ।
नेकपा फुटेपछि जिल्लास्तरमै अध्यक्ष, सचिव र कमिटी गठन गर्ने काभ्रे पहिलो जिल्ला भएको छ । ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेपनि प्रदेश कमिटीमा समेत इन्चार्जबाहेक हेरफेर गरेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।