काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवमनोनित अध्यक्ष माधवकुमार नेपालले संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेका केपी शर्मा ओली एण्ड प्रवृत्तिको आयु सकिएको दाबी गरेका छन् ।
राजधानी काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले आजको आन्दोलनबाट ओलीको आयु सकिएको जनाएका छन् ।
यसअघि राजतन्त्र विरुद्धको आन्दोलन गर्दा आफूले नै राजतन्त्रको आयु सकिएको घोषणा गरेको जनाउँदै अध्यक्ष नेपालले ओलीको आयु सकिएको जनाएका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षीय नेकपाले आज देशभर ओली सरकारविरुद्ध देशभर आन्दोलन गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।