आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीविरुद्ध आज काठमाडौंमा प्रचण्ड–नेपालले ५० हजार मान्छे उतार्ने

ओलीविरुद्ध आज काठमाडौंमा प्रचण्ड–नेपालले ५० हजार मान्छे उतार्ने

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 4.4K
    SHARES

  • ओलीविरुद्ध आज काठमाडौंमा प्रचण्ड–नेपालले ५० हजार मान्छे उतार्ने

    काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज काठमाडौं उपत्यकामा आमसभा गर्दैछ। आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न संगठनका नेताहरुले सम्बोधन गर्नेछन्।

    आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ। सभामा ५० हजार मानिस उतार्ने प्रचण्ड माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्। सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने उनको दाबी छ।

    उपत्यका विभिन्न ठाउँबाट निकालिएको जुलुस मध्यान्ह १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ। आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ। टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ ।

    स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले जुलूसको नेतृत्व गर्ने बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend