आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्व माओवादी प्रचण्ड र बाबुरामलाई मिलाउन चाहन्छ चीन ? काठमाडौंमा चिनियाँ टोलीसँग भेटवार्ता

पूर्व माओवादी प्रचण्ड र बाबुरामलाई मिलाउन चाहन्छ चीन ? काठमाडौंमा चिनियाँ टोलीसँग भेटवार्ता

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 4.7K
    SHARES

  • पूर्व माओवादी प्रचण्ड र बाबुरामलाई मिलाउन चाहन्छ चीन ? काठमाडौंमा चिनियाँ टोलीसँग भेटवार्ता

    काठमाडौं – नेकपाभित्रको फुट र विवाद मिलाउने उद्देश्यसहित काठमाडौं आएको चिनियाँ उच्चस्तरीय टोलीले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गरेपछि साँझ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग उपमन्त्री गुओ यैचो लगायत टोलीले डा. भट्टराईसँग भेट गरेको हो ।

    सोमबार साँझ ६ बजे अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी व्यक्त गरेका जसपा नेता विश्वदिप पाण्डेले जनाएका छन् ।

    उपमन्त्री गुओ यैचोले आफूहरू २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए । यो सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरूबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरू नेपाल आएको पनि उनले उल्लेख गरे ।

    भेटमा उनले अध्यक्ष भट्टराईसँग नेपाल–चीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताए ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट हुँदा प्रचण्ड र बाबुराम एकठाउँमा देखिएका छन् । बाबुराम निकट कतिपय नेताहरूले पूर्व माओवादी प्रचण्ड–बाबुराम मिल्नुपर्ने आशय व्यक्त गर्ने गरेको बेला चिनियाँ टोलीले सक्रियता देखाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend