काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि काठमाडौं आएर चिनियाँ टोलीले चलखेल गरिरहेको बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
आईतबार चिनियाँ टोलीले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई भेटेको भोलिपल्टै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
नेकपा विवाद र राजनीतिक अस्थिरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले उच्च नेताहरूसँग भेट गरेकै बेला प्रधानमन्त्री शितलनिवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सोमबार साँझ ७ शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले चिनियाँ टोलीको भ्रमणबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने अनुमान गरिएको छ ।
चिनियाँ टोलीले आज सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेटवार्ता गरेको छ । नेपालस्थित चिनियाँ दूतावासकी राजदूत होउ यान्छीले नेकपा झगडा मिलाउन नसकेपछि चीनबाटै उच्चस्तरीय टोली आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।