काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनको पहिलो असर बागमती प्रदेश सरकारमा परेको छ। नेकपामा ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। यद्यपि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहयोगबिना सो प्रस्ताव पारित हुने सम्भावना देखिँदैन।
अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरुले मुख्यमन्त्री पौडेलको स्थानमा नेकपा स्थायी कमिटीको सदस्य अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छन्। तर प्रदेश सभामा रहेको अंक गणितले विपक्षी दल नेपाली कांग्रेसको सहयोगबिना कुनै पनि सरकार गठन हुने सम्भावना भने छैन।
१ सय १० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। पछिल्लो अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेकपाको पक्षमा ४६ सांसद देखिएका छन्। त्यसैगरी ओली पक्षसँग सभामुखसहित ३४, नेपाली काँग्रेससँग २१, विवेकशील साझासँग ३, नेमकिपा र राप्रपा २र२ जना सांसद छन्। त्यसैगरी एक जना स्वतन्त्र सांसद पनि छन्।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट चुनाव जितेका प्रेम तामाङ पछिल्लो समयमा कांग्रेस प्रवेश गर्न खोजेका थिए। तर, कानुनी अड्चनका कारण स्वतन्त्र छन्। मुख्यमन्त्री डोरमणि पौडेल अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरुले बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।