काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनाव हारेका नेतालाई मन्त्री बनाउन सुरू गरेका छन् ।
सिन्धुपाल्चोकमा प्रदेशसभा निर्वाचनमा पराजित भएका दावा लामा तामाङलाई मन्त्री बनाउने तयारीमा ओली लागेका छन् ।
तामाङ गृहमन्त्री रामबहादुर थापा ‘बादल’मार्फत ओलीसँग जोडिएर मन्त्री बन्न लागेका हुन् ।
संविधानसभा सदस्य राजकुमार श्रेष्ठलगायत सिन्धुपाल्चोकका नेकपाहरूलाई ल्याएर गृहमन्त्री बादलको निवास पुल्चोक पुगेका दावाले मन्त्री बन्ने अवसर पाएका छन् । संविधानले चुनाव हारेका नेतालाई मन्त्री बन्न निषेध गरेपनि ओलीले संसद विघटन गरेर चुनाव हारेकालाई मन्त्री बनाउन थालेका छन् ।
नेकपा फुटेपछि प्रतिनिधिसभा सांसद रहेका पूर्व कानून मन्त्री शेरबहादुर तामाङ सुरूमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा आएका थिए । तर पछि उनी प्रचण्ड–नेपाल पक्षतिर लागेका छन् ।
२०६४ सालको पहिलो संविधान सभामा सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट लामा सांसद निर्वाचन भएका थिए । २०७० मंसिर ४ गते भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रमा पूर्व माओवादीवाट उम्मेदवार भए पनि पराजित भएका थिए ।
पछिल्लो निर्वाचनमा उनले प्रतिनिधि सभामा टिकट पाउन सकेका थिएनन् । प्रतिनिधि सभातर्फ शेरबहादुर तामाङले टिकट पाएपछि उनी प्रदेश सभामा लगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।