काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपा नफुटेको दावी गरेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले नेकपा अहिलेसम्म नफुटेको दाबी गरे ।
नेता खनालले नेकपा नफुटेको दाबी गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड पक्षीय छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बसेर एकअर्कालाई कारवाही गर्ने निर्णय गरिसकेका छन् ।
नेता खनालले नेकपालाई फुट्न संविधानले नदिने तर्क गरे । पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पुर्याउनुपर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था रहेको भन्दै बहुमत आफूसँग भएकाले पार्टी नफुटेको नेता खनालले स्पष्ट पारे ।
पार्टीमा कोही चोइटिए पनि वडा तहसम्म पार्टी संगठित रहेको वरिष्ठ नेता खनालले बताएका छन् ।
नेकपा २ पार्टीको एकीकरणबाट बनेको विशिष्ट परिस्थितिमा २ अध्यक्ष राखिएको भए पनि दुवै अध्यक्ष बराबरी रहेको वरिष्ठ नेता खनालले बताए । नेता खनालले प्रधानमन्त्री ओलीको गोमन सर्पको जस्तो प्रवृत्ति रहेको टिप्पणी समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल नेकपाले सडक आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।