शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

यी ३ जना बने केपी ओलीका नयाँ मन्त्री, साँझ ७ बजे शपथ

यी ३ जना बने केपी ओलीका नयाँ मन्त्री, साँझ ७ बजे शपथ

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 7.4K
    SHARES

  • यी ३ जना बने केपी ओलीका नयाँ मन्त्री, साँझ ७ बजे शपथ

    काठमाडौं – प्रतिनिधिसभा विघटन भएर नेकपामा फुट आएपछि प्रचण्ड–नेपाल पक्षीय केही मन्त्रीले राजीनामा दिएर रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् ।

    नयाँ थपिएका मन्त्रीको शुक्रवार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

    प्रतिनिधिसभा विघटनपछि ओली सरकारमा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । शुक्रबार साँझ प्रभू साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बनेका छन् ।

    मन्त्रीहरू तीनै जना पूर्व माओवादी खेमाका हुन् । साह श्रम तथा रोजगार, रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ र थापा पर्यटन मन्त्री बनेका छन् ।

    साह प्रचण्ड–नेपाल पक्षीय भएपनि उनले माधव नेपाल अध्यक्ष बनेपछि असन्तुष्टि जनाएका थिए । अब उनी ओली पक्षमा लागेका छन् ।

    प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक २ घण्टा पर सारेका छन् । नयाँ मन्त्रीलाई पनि बैठकमा सहभागी गराउन बैठक ८ बजेका लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend