शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

नेकपाका ५१ जना जुझारु युवा कांग्रेसमा प्रवेश, प्रदीप पौडेलले गरे स्वागत

नेकपाका ५१ जना जुझारु युवा कांग्रेसमा प्रवेश, प्रदीप पौडेलले गरे स्वागत

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 6.2K
    SHARES

  • नेकपाका ५१ जना जुझारु युवा कांग्रेसमा प्रवेश, प्रदीप पौडेलले गरे स्वागत

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि स्थानीय स्तरमा कार्यरत युवाहरू विकल्प खोज्न थालेका छन् ।

    रामेछापको पकरबास निवासी रोशन बुढाथोकीको नेतृत्वमा ५१ जना जुझारु युवाहरू नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नवप्रवेशीहरूलाई टीका लगाएर पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रममा लब न्यौपाने र रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् ।

    नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको हो ।

    पार्टी प्रवेश गर्नेमा युवाहरू रोशन बुढाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान, पासाङ लामा, मोति घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोजबहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योञ्जन, सुरेन्द्र पण्डित, गणेश पण्डित, राजकुमार थामी, रविन मोक्तान र अम्बर मगर रहेका छन् ।

    स्थानीय स्तरमा समाजसेवामा सक्रिय डम्बर मगर, मीनबहादुर मगर, प्रदीप मगर, मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, विक्रम केसी लगायत ५१ जना कांग्रेसमा प्रवेश गरेका जानकारी दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend