शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओलीले प्रदेशसभा पनि विघटन गर्दैछन् ? नेकपा प्रवक्ताको यस्तो प्रस्टोक्ति

केपी ओलीले प्रदेशसभा पनि विघटन गर्दैछन् ? नेकपा प्रवक्ताको यस्तो प्रस्टोक्ति

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 6.1K
    SHARES

  • केपी ओलीले प्रदेशसभा पनि विघटन गर्दैछन् ? नेकपा प्रवक्ताको यस्तो प्रस्टोक्ति

    काठमाडौं – सरकारले संसद विघटन गरेपछि नेकपा विभाजित भएर प्रदेश सरकारहरू समेत फेरबदल हुनसक्ने चर्चासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभाहरू समेत विघटन गर्ने हल्ला फैलिएको छ ।

    कतिपय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै प्रदेशसभा विघटनको तयारी भइरहेको दाबी गरेका छन् ।

    तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा जस्तै प्रदेशसभा विघटन गर्नेतर्फ सरकारले नसोचेको प्रस्टोक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति योहो टेलिभिजनसँगको अन्तर्वार्तामा प्रदेश सरकारलाई काम गर्न नदिए थप कदम चाल्ने बताएका थिए । 

    प्रवक्ता तथा मन्त्री ज्ञवालीले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने समेत बताएका छन् । ‘मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ, केन्द्रीय कमिटी बैठक सकिएपछिको पहिलो काम यही हुन्छ,’ नेकपा केन्द्रीय समितिको बैठकपछि ज्ञवालीले सञ्चारकर्मीलाई भने । 

    सरकारले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका ७ मन्त्रीले राजीनामा गरेका थिए । रिक्त ७ स्थानमा नयाँ मन्त्री थपेर पुनर्गठनको तयारी भइरहेको जनाइएको छ ।

    प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ नभएको दाबी गरे । कतिपयले संसद नभएको बेला चुनाव घोषणा भइसकेको सरकार कामचलाउ हुने तर्क गरिरहेका छन् ।

    ‘राष्ट्रपति कार्यालयको पत्र पढ्नुभएको होला, प्रधानमन्त्रीज्यू कामचलाउ होइन, फुलफ्लेज प्रधानमन्त्री हो,’ ज्ञवालीले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend