काठमाडौं – गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई छाड्ने उनका निकटवर्तीहरूले बताएका छन् । उनीहरूका अनुसार बादल केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी बुधबार ओलीसँग दुईघण्टा छलफलमा बसेका थिए ।
बादल निकट स्रोतले दिएको जानकारीअनुसार ओलीसँगको छलफलपछि सँगै रहन उनी तयार भएका हुन् । ओलीले उपाध्यक्ष दिन तयार भएपछि पनि बादलले प्रचण्डसँग छलफल गरेका थिए। प्रचण्डसँग बादलले वरिष्ठ उपाध्यक्ष पद मागेका थिए। तर, प्रचण्डले वरिष्ठ उपाध्यक्ष दिन नसक्ने बताएपछि उनी ओली तिर जाने भएका हुन्। बादल आज औपचारिक रुपमा ओली या प्रचण्ड, नेपाल पक्ष के मा भनेर खुल्ने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।