काठमाडौं – गृहमन्त्री रामबहादुर थापालाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले मन्त्री निवास पुल्चोक पुगेका छन्। सोमबार पनि त्यहीँ पुगेर थापासँग छलफल गरेका प्रचण्ड आज ९मंगलबार० बिहानै उनलाई भेट्न फेरि पुल्चोकस्थित मन्त्री निवास पुगेका हुन्।
नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली न कार्यकारी अध्यक्ष प्रचण्ड, कतै पनि खुलेका छैनन्। सोमबार बेलुका भने थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए।
संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि थापा सोमबार दुवै अध्यक्षले राखेका कुनै भेलामा सहभागी भएनन्। प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे केन्द्रीय समिति बैठक राख्ने भएको छ भने प्रधानमन्त्री ओलीले अहिले बिहान ९ बजे केन्द्रीय समिति बैठक राख्दै छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।