शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओली गुटका यी १० केन्द्रीय सदस्य ओलीकै विरोधमा, बालुवाटारमा खैलाबैला !

ओली गुटका यी १० केन्द्रीय सदस्य ओलीकै विरोधमा, बालुवाटारमा खैलाबैला !

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 20.3K
    SHARES

  • ओली गुटका यी १० केन्द्रीय सदस्य ओलीकै विरोधमा, बालुवाटारमा खैलाबैला !

    काठमाडौं – एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुट बलियो बनाउन बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय सदस्यहरू थप्ने निर्णय गरे ।

    ओलीले आफ्ना पक्षका केन्द्रीय सदस्य थपेर नेकपाको केन्द्रीय कमिटी १ हजार १९९ सदस्यीय बनाउने निर्णय गरे । तर यसले उनकै गुटभित्रका केन्द्रीय सदस्यले विरोध गर्ने वातावरण बन्यो ।

    ओलीले आफूपक्षीय नेताहरूलाई केन्द्रीय सदस्य बनाउँदै मनोनयन गरेको विरोधमा केही सदस्यहरूले पद अस्वीकार गरेका छन् ।

    मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४४६ सदस्यीय केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै १ हजार १९९ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । ओली पक्षले यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ । तर ओली पक्षकै केन्द्रीय सदस्यहरू यसको विरोध गर्दै पद अस्वीकार गरिरहेका छन् ।

    संविधानसभा सदस्य समेत रहेका ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वज तुम्बाहाङ्फेले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई थाहै नदिई केन्द्र्रीय कमिटीमा राखेको भन्दै आपत्ति जनाउँदै पद अस्वीकार गरेका छन् ।

    प्रधानमन्त्री ओलीले थाहै नदिई केन्द्रीय कमिटीमा राखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले विज्ञप्तिमा लेखेका छन्, ‘मलाई थाहै नदिई मेरो नाम केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा राखिएकोप्रति मेरो असहमति रहेको व्यहोरा यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैमा जानकारी गराउँछु । साथै म पार्टीको बहुमत केन्द्रीय सदस्यहरूले प्रतिनिधित्व गरेको अर्थात् प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नै आवद्ध रहेको व्यहोरा सबैलाई जानकारी गराउँछु ।’

    आफ्नो पक्षमा बहुमत सदस्य देखाउन विना जानकारी केन्द्रीय समिति सदस्यमा राखेकोप्रति असहमति जनाउँदै अन्य केन्द्रीय सदस्यले समेत यतिबेला धमाधम विज्ञप्ति निकाल्न थालेका छन् ।
     
    ताप्लेजुङका तुम्बाहाङ्फेले जस्तै झापाका गोपाल बुढाथोकीले पनि पद अस्वीकार गरेका छन् । प्रदेशको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । 

    यी हुन् ओलीले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरू –

    १) डम्बरध्वज तुम्बाहाङ्फे – ताप्लेजुङ

    २) गोपाल बुढाथोकी – झापा

    ३) जसमाया गजमेर – प्रदेश १ सामाजिक विकास राज्यमन्त्री 

    ४) ज्ञानेन्द्र श्रेष्ठ – उदयपुरको कटारी नगरपालिका प्रमुख

    ५) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव

    ६) कमलेश झा – नेकपा प्रदेश २ सदस्य 

    ७) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य 

    ८) बृहस्पति अधिकारी – नवलपरासी 

    ९) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख 

    १०) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend