काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित भएमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हातेमालो गर्न तयार रहेको घोषणा गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–नेपाल पक्षले प्रतिनिधिसभा विघटनका लागि कारवाहीस्वरुप ओलीलाई मंगलबार अनुशासनको कारवाही गर्दै अध्यक्षबाट निष्कासन गरेको थियो ।
विघटित प्रतिनिधि सभाका सदस्यहरूको बुधबार भएको भेलालाई बानेश्वरमा सम्बोधन गर्दै नेता नेपालले ओलीसँग सहकार्यका लागि संसद् पुनःस्थापना हुनुपर्ने शर्त राखेका छन् ।
‘सर्वोच्च अदालत वा जहाँबाट भएपनि प्रतिनिधिसभा पुनःस्थापना भयो भने ओलीसँग सहकार्य गर्न हामी तयार नै छौं, असंवैधानिक तवरले संसद् विघटन गरेका कारण कारवाही गरिएको हो,’ नेपालले बैठकमा भने ।
सांसदको भेलाबाट ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई दल नेता बनाइएको छ । प्रचण्ड–नेपाल पक्षले सोमबार सांसदको भेला गरी प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै संसद बैठक बोलाउन माग गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।