काठमाडौं – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल नेकपाको संसदीय दलको नेता बन्ने भएका छन्। आज नेकपाका दाहाल र हिजो मात्रै अध्यक्ष बनेका माधवकुमार नेपाल पक्षले संसदीय दलको बैठक डाकिसकेको छ। संसदीय दलको बैठकले प्रचण्डलाई संसदमा दलको नेता चयन गर्नेछ।
आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरिसकेपछि केपी ओली पदबाट स्वत हट्नेछन्। संसदमा पनि दाहाल नेपाल पक्षको बहुमत हुने देखिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।