काठमाडौं – नेकपाका बहुमत केन्द्रीय सदस्यहरुले नेकपाको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेका छन्। नयाँ अध्यक्ष नेपाल बनेसँगै कार्यकारी अध्यक्ष प्रचण्डले दुई जनाले आलोपालो बैठक चलाउने बताएका छन्। उनले पार्टीको विधानको मर्मअनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्।
बबरमहलस्थित कार्की ब्यान्क्वेटमा बसेको केन्द्रीय समितिले नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि प्रचण्डले सो प्रतिक्रिया जनाएका हुन्। बैठक आलोपालो गर्ने लगायतका विधानका प्रावधानअनुसार यसअघि केपी ओलीले काम नगरेका कारण समस्या सिर्जना भएको तर अब नेपाल र आफूबीच त्यस्तो समस्या नहुने उनले बताएका छन्।
सो बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट मुक्त गरी नेपाललाई नयाँ अध्यक्ष चयन गरेको हो। यसअघि ओली र प्रचण्डले आलोपालो पार्टी बैठकको अध्यक्षता गर्ने भनिए पनि सो प्रावधान लागु भएको थिएन। त्यसपछि प्रचण्डलाई कार्यकारी अध्यक्ष घोषणा गरी उनले पार्टी सञ्चालन गर्ने र ओली सरकार सञ्चालनमा केन्द्रित रहने भनेपछि पनि सो सहमति कार्यान्वयन नभएपछि पार्टी विवाद चर्केको थियो।
यता प्रधानमन्त्री केपी ओलीले आफ्नो अध्यक्षतामा बैठक राखेर केन्द्रीय सदस्य विस्तार गरी निर्वाचन आयोगमा विवरण पठाइसकेका छन्। अब निर्वाचन आयोगले दाहाल वाला नेकपाकी, ओली वाला नेकपालाई मान्यता दिन्छ त्यो भने हेर्न बाँकी नै छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।