शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओली–प्रचण्ड फुटेपछि कांग्रेसमा प्रवेश गरिन् यी कम्युनिस्ट नेत्री

ओली–प्रचण्ड फुटेपछि कांग्रेसमा प्रवेश गरिन् यी कम्युनिस्ट नेत्री

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 5.5K
    SHARES

  • ओली–प्रचण्ड फुटेपछि कांग्रेसमा प्रवेश गरिन् यी कम्युनिस्ट नेत्री

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेत्री शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

    जिल्लाको जलजला गाउँपालिका–४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उम्मेदवार बनेकी मल्ल मंगलवार औपचारिक रूपमै कांग्रेसमा प्रवेश गरेकी हुन् ।

    मल्ललाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कांग्रेसमा स्वागत गरेका छन् ।

    कांग्रेस प्रवेश गरेकी नेत्री शुभा मल्ल जलजला गाउँपालिकाकी समाजसेवी पनि हुन् । जलजला गाउँपालिका– ४ मा नेपाली कांग्रेसको वडा कार्यालयमा आयोजित नेपाल महिला संघ वडा समिति गठन कार्यक्रममा कांग्रेसमा मल्लले पार्टी प्रवेश गरेकी छन् ।

    नेकपा छाडेर कांग्रेस प्रवेश गरेकी नेत्री शुभा मल्लले जनताले विश्वास गरेर कम्युनिस्टहरुलाई झण्डै दुईतिहाइ बहुमत दिए पनि कम्युनिस्टहरुले मुलुकमा गरी खान नसक्ने स्पष्ट पारिन् ।

    नेत्री मल्लले देशभरका कम्युनिस्टहरूलाई नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्न अपिल समेत गरेकी छिन् । नेत्री मल्लले कम्युनिस्टका मीठा कुराहरुको भ्रममा नपर्न अनुरोध गर्दै कम्युनिस्टले काम नगर्ने र कुरा मात्रै गर्ने बताइन् ।

    कम्युनिस्टको हातबाट देश विकास नहुने देखेपछि कांग्रेसमा लागेर सेवा गर्न पार्टी प्रवेश गरेको उनले बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend