आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधवलाई अध्यक्ष बनाउने 'नौटंकी' : पूर्व माओवादीभित्र खैलाबैला, प्रचण्डलाई तनाव !

माधवलाई अध्यक्ष बनाउने 'नौटंकी' : पूर्व माओवादीभित्र खैलाबैला, प्रचण्डलाई तनाव !

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 13.6K
    SHARES

  • माधवलाई अध्यक्ष बनाउने 'नौटंकी' : पूर्व माओवादीभित्र खैलाबैला, प्रचण्डलाई तनाव !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेपछि पूर्व माओवादी खेमाभित्र खैलाबैला मच्चिएको छ ।

    नेकपा २ नम्बर प्रदेशमा प्रभाव राख्ने पूर्वमन्त्री तथा नेता प्रभू साहले २ अध्यक्ष बनाउँदा नौटंकी जस्तो हुने भएकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै अध्यक्ष रहनुपर्ने माग गरे ।

    तर प्रचण्डले आफ्नो पक्षमा पार्न माधव नेपाललाई अध्यक्ष बनाउने सहमति गरिसकेका थिए । सहमति अनुसार प्रचण्ड समूहको बैठकले माधवलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

    बैठकले अध्यक्ष बनाउने निर्णय गरेपनि नेकपाको पूर्व माओवादी खेमाभित्र असन्तुष्टि देखिएको छ । माधवलाई अध्यक्ष बनाउँदा देखिएको असन्तुष्टि मिलाउन प्रचण्डलाई तनाव उत्पन्न भएको नेकपा स्रोतले जनाएको छ ।

    मंगलवार काठमाडौंको कार्की पार्टी प्यालेसमा भएको बैठकले माधवलाई अध्यक्ष बनाउने निर्णय गरेपछि साहले विरोध जनाएका हुन् । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै साहको कुरालाई ध्यान नै दिएनन् । असन्तुष्ट पक्षलाई पेलेरे निर्णय भएपछि पूर्व माओवादी खेमाभित्र असन्तुष्टि देखिएको छ ।

    प्रचण्ड समूहको बैठकले केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्दै पार्टी अध्यक्षबाट हटाएको छ । ओलीलाई हटाउँदा रिक्त रहेको अध्यक्ष पदमा माधवलाई मनोनित गरिएको छ । ओली पक्षको बालुवाटारमा बसेको बैठकले भने पार्टी केन्द्रीय कमिटीलाई १ हजार १९९ सदस्यीय बनाउने निर्णय गरेको छ । पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend