काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा हुने आमनिर्वाचनमा नेकपाले दुईतिहाइ बहुमत ल्याउने घोषणा गरेका छन् ।
बालुवाटारमा मंगलबार भएको आफू पक्षीय नेकपा केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै ओलीले जनताले आफूलाई स्पष्ट बहुमत दिने बताए ।
उनले कसैले माग गर्दैमा प्रतिनिधिसभा पुनःस्थापना नहुने समेत बताए । ओलीले केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनःस्थापना नहुने बताए ।
प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । ‘उहाँले प्रत्यक्षतर्फ १२० र समानुपातिकमा ५० लाख भोट ल्याउने लक्ष्य राखेर काम गर्न भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने ।
गत आईतबार ओलीले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।