काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ‘आउट’ गरेका छन् ।
ओली पक्षको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई हराउँदै प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओलीपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले प्रवक्ता परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनित गरेका ५५६ जना केन्द्रीय सदस्यलाई शपथ गराएका छन् । बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर ओलीले थप सदस्य मनोनित गर्ने निर्णय गरेका हुन् ।
बालुवाटार बैठकले ५५६ सदस्य मनोनित गरेको र १९६ सदस्य रिक्त रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
थपिएकासँगै नेकपा केन्द्रीय कमिटी १ हजार १९९ सदस्यीय बनाइएको छ । यसअघि ४४७ सदस्यीय कमिटी थियो । ‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो मनोनयन गर्नुभएको थियो । उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गर्नुभएको छ र बैठकले गडगडाहट तालीका साथ उहाँको प्रस्ताव अनुमोदन गरेको छ,’ सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै थापाले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।