शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओलीका दुई खम्बा नै असन्तुष्ट, किन बाहिर बोल्दैनन् ?

केपी ओलीका दुई खम्बा नै असन्तुष्ट, किन बाहिर बोल्दैनन् ?

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 11.9K
    SHARES

  • केपी ओलीका दुई खम्बा नै असन्तुष्ट, किन बाहिर बोल्दैनन् ?

    काठमाडौं - हठात रूपमा प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले निधारमा कलंकको टीका मात्र लगाएका छैनन् ।

    आफूलाई सुरुदेखि अहिलेसम्म साथ दिँदै आएका सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीको मनसमेत ओलीले तोडेका छन् ।

    नेकपामा नेम्वाङ र ज्ञवालीलाई निकै मिजासिलो र भद्र नेताका रूपमा चिनिन्छ । उनीहरू सकभर अरुलाई बिझाउने अभिव्यक्ति दिँदैनन् । तर, आफूले निकै आश गरेका नेताबाटै असंवैधानिक कदम चालिएपछि संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ मौन बसेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले त अघिल्लोपटकको मन्त्रिपरिषद् बैठकमै संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयको प्रतिवाद गरेका थिए ।

    ओलीकै निर्णय र कार्यशैलीले नेकपा आजदेखि दुई चिरा हुँदैछ । एकले अर्को पक्षलाई कारबाहीको तयारी गरेका छन् । तीन वर्षअघि नेपालमा ५० वर्षसम्म कम्युनिस्टले शासन गर्छ भन्ने नेताहरूको बोली सुकेको छ । अब कम्युनिस्टलाई बहुमत फाप्दैन भन्ने सन्देश जनतासमक्ष गएको छ ।

    त्यसैले अबको निर्वाचनमा कसरी जनतासँग मत माग्ने भन्ने अवस्था नेम्वाङ, ज्ञवाली मात्र होइन, धेरै नेतालाई अप्ठेरो भएको छ । सोही कारण पनि ज्ञवाली र नेम्वाङले अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्री ओलीको कदमबारे बाहिर बोलेका छैनन् । पार्टी विवादमा पनि मौन बसेका छन् । तर, ओलीले आफ्ना दुई खम्बालाई भने नैतिक रूपमा गुमाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend