शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओलीले आजै अर्काे अध्यादेश ल्याउँदै, प्रचण्डलाई ठेगान लगाउने ‘प्लान’

केपी ओलीले आजै अर्काे अध्यादेश ल्याउँदै, प्रचण्डलाई ठेगान लगाउने ‘प्लान’

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 12.4K
    SHARES

  • केपी ओलीले आजै अर्काे अध्यादेश ल्याउँदै, प्रचण्डलाई ठेगान लगाउने ‘प्लान’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आजै अर्काे अध्यादेश ल्याउने भएको छ ।

    ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठेगान लगाउने तयारी गरेका छन् । प्रचण्डले नेकपा पार्टीमा एकल दाबी गरिरहेको बेला ओलीले त्यसलाई असफल बनाउने प्लान बनाएका छन् ।

    ओलीले आफू अनुकुल हेरेर आजै अध्यादेश ल्याई नेकपा फुटाउने स्रोतले जनाएको छ । राजनीति दल सम्बन्धी ऐन २०७३ मा केन्द्रीय समिति र संघीय संसद्का भन्ने शब्दहरूको सट्टा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको कम्तीमा ४० प्रतिशत सदस्य वा त्यस्तो दलको संघीय संसद्को संसदीय दलको कम्तीमा ४० प्रतिशत सदस्यले एकैपटक भन्ने उल्लेख गरिने स्रोतले जनाएको छ ।

    पार्टी फुटाउन केन्द्रीय समितिमा ४० प्रतिशत संख्या नपुग्ने भएपछि ओलीले अध्यादेश जारी गर्ने तयारी गरेका नेकपा स्रोतले जनाएको छ ।

    केन्द्रीय समितिमा ४० प्रतिशत अपुग भएपछि आफूसँग जति हुन्छन्, त्यसैलाई हेरर अध्यादेश जारी गर्ने तयारीमा ओली पुगेका छन् । पार्टी विभाजनका लागि केन्द्रीय समितिमा ओली समूहको ४० प्रतिशत सदस्य नपुग्ने देखिएको छ ।

    संसद विघटन भइसकेको परिस्थितिमा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन नसकेको खण्डमा विभाजन होइन कि ‘चोइटिएको पार्टी’ मात्र बन्नेछ र निर्वाचन आयोगबाट वैधता प्राप्त नगर्ने अवस्था हुन्छ । बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा कति सदस्य सहभागी हुन्छन्, त्यसैलाई आधार मानेर अध्यादेश जारी गर्ने ओली निकट एक मन्त्रीले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend