काठमाडौं – आज मंगलबार सत्तारुढ नेकपाको दुई समूहमा केन्द्रीय कमिटीको बैठक बस्दैछ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री ओलीले ९ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक पनि मंगलबार नै बस्ने भएको छ।
प्रचण्ड –नेपालले कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। ओली समूहले हिजो सोमबार मात्रै बैठक तोकेको हो। आइतबारको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस समेत गरेको छ। मंगलबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गर्ने जानकारी प्रचण्डले आफूनिकट नेताहरूलाई गराइसकेका छन्। ओलीलाई कारबाही गरेपछि माधवकुमार नेपाल अध्यक्ष बन्नेछन्।
ओलीलाई नेकपाको सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी छ। असंवैधानिक रुपले संसद विघटन गरेपछि उनलाई कारबाही गर्न लागिएको हो। प्रधानमन्त्री ओलीले भने आफूलाई प्रचण्डले कारबाही गर्न नसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेलामा प्रचण्डको पार्टीमा हैसियत उपाध्यक्षको जस्तै भएको भन्दै कारबाही गर्न नसक्ने बताएका थिए
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।