काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवंं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग भेटघाट गरेका छन् ।
केहीबेर थापाको सरकारी निवास पुल्चोकमा पुगेर दाहालले थापासँग भेटघाट गरेको प्रेस संयोजक किरण भट्टराईले बताएका छन् । तर उनीहरुबीच के छलफल भयो भन्नेबारे बाहिर आएको छैन् ।
केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल र माधवकुमार नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिए पनि थापाले भने दिएका थिएनन् ।
तर सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा थापा अनुपस्थित भएका थिए । छलफलपछि थापाले दाहाल समूहलाई साथ दिने चर्चा सुरु भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।