आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले अकस्मात संसद विघटन गर्नुको यस्तो रहस्य ! गोकूल बास्कोटाले गरे खुलासा

ओलीले अकस्मात संसद विघटन गर्नुको यस्तो रहस्य ! गोकूल बास्कोटाले गरे खुलासा

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 6.2K
    SHARES

  • ओलीले अकस्मात संसद विघटन गर्नुको यस्तो रहस्य ! गोकूल बास्कोटाले गरे खुलासा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यस पछाडिको कारणबारे सर्वत्र चासो रहेको छ ।

    ओली निकट नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बाध्यात्मक अवस्थाले नै प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय गरेको रहस्य खुलासा गरेका छन् ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीका कारण प्रधानमन्त्री संसद् विघटनको निर्णयमा पुगेको बाँस्कोटाले बताएका छन् । सरकारले संसद विघटन गरेर कुनै गल्ती नगरेको समेत बाँस्कोटाको दाबी छ ।

    ‘संसद विघटन के ठूलो कुरा भयो र ! लोकतन्त्र खोसिएको भए पो ! जनताले नै फैसला लिने निर्णय गर्दा लोकतन्त्र झन् बलियो हुन्छ । केही गठजोडबाट जनताले चुनेका प्रधानमन्त्रीलाई हट् भन्ने ?’ बाँस्कोटाले सञ्चारमाध्यमसँग कुरा गर्दै भनेका छन्, ‘कोठाभित्र थुनेर दनादन कुट्न थालेपछि घाँटी न्याकिदिएको हो । तर लोकतन्त्र न्याकेको छैन । प्रजातन्त्र न्याकेको छैन । जनतातिर नै फर्काइदिएको छ । अब चुनावबाट जितेर आउने, प्रधानमन्त्री, राष्ट्रपति हुने ।’

    राजनीतिलाई षड्यन्त्रको भाँडो बनाएपछि ‘डेमोक्रेटिक लिडर’ले गर्नैपर्ने काम ओलीले गरिदिएको नेता बाँस्कोटाले दाबी गरे ।

    ‘राजनीतिलाई षड्यन्त्रको भाँडो बनाएपछि डेमोक्रेटिक लिडरले गर्नैपर्ने काम गर्नुभयो । उनीहरूले बलिङ गरेर हैरान पारे । प्रधानमन्त्रीले ब्याटिङ गर्नुभयो । बल अब जनताको कोर्टमा गयो । जे गर्छन् जनताले गर्छन्,’ बाँस्कोटाले भनेका छन् ।

    ओलीले संसद विघटन गरेपछि सर्वत्र विरोध भइरहेको छ । नेकपाभित्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरू ओलीविरुद्ध उत्रिएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले समेत संसद विघटनको विरोध गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend