आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाभित्र वामदेव गौतमलाई यति ठूलो ‘अफर’, प्रचण्डलाई तनाव !

नेकपाभित्र वामदेव गौतमलाई यति ठूलो ‘अफर’, प्रचण्डलाई तनाव !

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 5.1K
    SHARES

  • नेकपाभित्र वामदेव गौतमलाई यति ठूलो ‘अफर’, प्रचण्डलाई तनाव !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको संकटलाई पार लगाउँदै आफू सुरक्षित हुन प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक उपाय निकालिरहेका छन् ।

    बुधबारको स्थायी कमिटी बैठकमा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रूपमा संकेत गरेको चर्चा सेलाउन नपाउँदै अर्काे अफरको चर्चा नेकपाभित्र चलेको छ ।

    ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद सुरक्षित राख्न नसक्ने अवस्थामा उपाध्यक्ष बामदेव गौतमलाई पार्टी अध्यक्ष बनाएर संकटको समाधान दिने योजना बनाएको चर्चा नेकपाभित्र चलेको छ । यसरी अध्यक्षमा गौतमलाई अगाडि सार्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको गठबन्धन कमजोर हुने निष्कर्ष समेत ओलीको छ ।

    गौतमलाई उपाध्यक्षबाट अध्यक्ष बनाउन दोस्रो तहका नेताहरू सक्रिय बन्न थालेका नेकपा स्रोतले जनाएको छ । ओलीले दोस्रो तहका नेताहरूमार्फत गौतमलाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेको र अध्यक्ष बनेर समस्याको समाधान ननिस्कनेमा गौतम अडिग रहेको उनी निकट नेताहरू बताउँछन् ।

    अध्यक्षको अफर ल्याएर आउने ओली पक्षीय नेताहरूलाई गौतमले आफूलाई प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समेत समर्थन हुनुपर्ने तर्क गर्ने गरेका छन् । तर ओली पक्षीय नेताहरूले भने प्रचण्ड र नेपाललाई मनाउने जिम्मा गौतममाथि नै छाडेका छन् ।

    नेकपा सचिवालयमा रहेका ९ जनामध्ये गौतमसहित ५ जना प्रचण्डतिर र ४ जना ओलीतिर रहेका छन् । गौतमलाई अध्यक्ष बनाएर आफूतिर तान्न सके आफू सचिवालयमा बहुमतमा पुग्ने ओलीको निष्कर्र्ष रहेको नेताहरू बताउँछन् । यसअघि समेत ओलीले गौतमलाई विभिन्न अफर दिँदै लोभ्याउँदै आएका थिए ।

    प्रधानमन्त्री ओलीले आफूले पद छाड्नैपर्ने बेला माधव नेपाललाई अध्यक्ष वा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभन्दा आफू प्रधानमन्त्री रहिरहने र गौतमलाई अध्यक्ष बनाउने विकल्प रोज्ने गौतम पक्षीय नेताहरूको विश्वास छ । तर गौतमले पार्टी बैठकमा प्रचण्ड, नेपाल, झलनाथ खनाल लगायत नेताहरू सहमत भए मात्रै आफू अध्यक्ष हुने अडानमा रहेका छन् । 

    नेकपामा विवाद चर्किएका बेला शनिबार खुमलटारमा भएको अध्यक्षद्वय ओली–प्रचण्ड बीचको भेटवार्तामा उपाध्यक्ष गौतम समेत सहभागी थिए । विवाद बढेका बेला गौतमले मध्यस्थताको भूमिका समेत निर्वाह गर्दै आएका छन् । तर ओलीले अफर दिएर धोका दिने गरेका कारण गौतमले पत्याइहाल्ने अवस्था भने नरहेको गौतम पक्षीय नेताहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend