शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

नेकपामा ठूलो पहिरो, चुनावका उम्मेदवारसहित २०० जना कांग्रेसमा प्रवेश

नेकपामा ठूलो पहिरो, चुनावका उम्मेदवारसहित २०० जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 14.0K
    SHARES

  • नेकपामा ठूलो पहिरो, चुनावका उम्मेदवारसहित २०० जना कांग्रेसमा प्रवेश

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढिरहेका बेला नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेक्रम बढिरहेको छ ।

    २०५२ सालदेखि तत्कालीन माओवादीमा लागेका र गत स्थानीय निर्वाचनमा बागमती गाउँपालिका–५ वडाध्यक्षका उम्मेदवार ओमप्रसाद तिमल्सिना ‘आकाश’, राजकुमार लामासहित करीब २०० नेकपा नेता कार्यकर्ता शनिबार कांग्रेसमा प्रवेश गरेका छन् ।

    शनिवार बागमती गाउँपालिका प्यूटार इकाई कार्यसमिति वडा नम्बर ४ ले कालीदेवी मावि प्यूटारमा आयोजना गरेको नेपाली कांग्रेसका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गराइएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तरुण विभाग प्रमुख प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् ।

    कार्यक्रममा विशिष्ठ अतिथि ललितपुर जिल्ला सभापति तथा पूर्व सांसद मदनबहादुर अमात्य, पूर्व अर्थराज्यमन्त्री तथा तरुण दल पूर्व अध्यक्ष उदयशम्सेर राणा, महासमिति सदस्य ऋषिराम घिमिरे, महाधिवेशन प्रतिनिधि खेमप्रसाद घिमिरे, जिल्ला सदस्यहरू रबिन्स शर्मा, गणेश केसी, रामकृष्ण हुमागाई, क्षेत्रीय सभापति राजन घिमिरे, सानुकान्छा मोक्तान, प्रभाकर पोखरेल, सानुभाई पहरी, प्रदेश निर्वाचन क्षेत्र १ सभापति सुन्दरमान थिङ, प्रदेश निर्वाचन क्षेत्र २ सभापति रामकृष्ण लामा ‘ईन्द्र’ लगायत थुप्रै नेताको उपस्थिति  थियो ।

    131442577_223020466002142_4805170443347065798_n.jpg

    कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुन्ना अधिकारी, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, गोदावरी नगरपालिकाको ७ नम्बर वडाध्यक्ष गिरीप्रसाद तिमल्सिना, ६ नम्बर वडाध्यक्ष विष्णुमान महर्जन, वडाध्यक्ष विजयकुमार लों, तिर्थ घलान, तिलक बोम्जन समेतको उपस्थिति रहेको थियो ।

    प्रवेश कार्यक्रम नेपाली कांग्रेस युवा नेता केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनको विशेष भूमिका रहेको जनाइएको छ । महर्जन ललितपुरमा निकै लोकप्रिय नेता मानिन्छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend