काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेक्रम बाक्लिएको छ ।
शुक्रबार भण्डारीलाई भेटेका ओली फेरि शनिबार साँझ शितलनिवास पुगेका छन् ।
शनिबार दिनभर पार्टीका नेताहरूसँग भेटेका ओली साँझ राष्ट्रपति कार्यालय शितलनिवास पुगेका हुन् । दिनभरि नेताहरूसँग भेट्दा पनि पार्टीको विवादमा कुनै समाधान निस्किएको छैन ।
प्रधानमन्त्री ओलीले बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा र त्यसपछि पुल्चोकस्थित मन्त्री निवासमा गृहमन्त्री रामबहादुर थापा लगायतलाई भेटेका थिए । नेकपामा विवाद चर्किएका बेला शीर्ष नेताबीच भेटवार्ता तीव्र भएको छ ।
पार्टीले निर्णय गरिसक्दा समेत ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन ढिलाइ गर्दा अविश्वास र संकट बढ्दै गएको नेकपा नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।