आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेव गौतमको अर्काे कदम : प्रचण्डको निम्तो बहिष्कार गर्दै फेरि धोका !

बामदेव गौतमको अर्काे कदम : प्रचण्डको निम्तो बहिष्कार गर्दै फेरि धोका !

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 5.1K
    SHARES

  • बामदेव गौतमको अर्काे कदम : प्रचण्डको निम्तो बहिष्कार गर्दै फेरि धोका !

    काठमाडौं – जब सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्त्वपूर्ण भूमिकामा देखा पर्छन् ।

    शुक्रवार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट–उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् ।

    शुक्रवार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको गुटगत बैठकलाई उपाध्यक्ष गौतमले बहिष्कार गरेर आफू कुनै पनि गुटको भेलामा नजाने महत्त्वपूर्ण सन्देश दिएका छन् ।

    बामदेवले गुटगत भेला बहिष्कार गरी पार्टी एकता जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आम कार्यकर्ताले समेत गरेका छन् ।

    गौतमले ओली तथा प्रचण्ड–नेपाल दुबै समूहले गर्दै आएको गुटगत भेला पूर्ण रूपमा रोकिनुपर्ने अडान राख्दै आइरहेका छन् ।

    गौतमले आफू कुनै पनि गुट भेलामा नजाने तर पार्टीका बैठक भने नछोड्ने स्पष्ट पारेका छन् । स्रोतका अनुसार पेरिसडाँडामा भएको गुटगत भेलामा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल लगायतका नेताले गौतमलाई आउन बारम्बार आग्रह गरेका थिए । गौतमले पार्टीको बैठकमा आफू आउने तर कुनै प्रकारको गुटगत भेलामा जान नसक्ने भन्दै भेला बहिष्कार गरिदिएका थिए ।

    शुक्रवार पेरिसडाँडामा भएको भेलामा नगएका उपाध्यक्ष गौतमले अहिलेको यो संकटपूर्ण अवस्थामा भेला गर्ने समय नभएर बैठकबाटै आवश्यक निष्कर्ष निकाल्दै एकताको सन्देश दिनुपर्ने बताए । ‘अहिले कसैले पनि गुटगत भेला गर्दै हिँड्ने बेला होइन । बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भनेका छन् ।

    यसअघि पनि गौतमले पार्टी फुटकै अवस्थामा जानै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाधिवेशनअघि प्रधानमन्त्री र अध्यक्षबाट हटाउन नहुने र अर्का अध्यक्ष प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्षको भूमिका दिने गरी संकट व्यवस्थापनको खाका ल्याएका थिए । उनको सो खाकाले पार्टीलाई एक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    गौतमले ओली तथा प्रचण्ड–नेपाल दुवै समूहले गर्दै आएको गुटगत भेला पूर्ण रूपमा रोकिनुपर्ने अडान राख्दै आइरहेका छन् । सचिवालयमा प्रचण्ड–नेपाल पक्षसँगै रहेका गौतम प्रचण्ड–नेपालले गुटगत भेला गर्ने क्रम बढाएपछि सो पक्षसँग रुष्ट हुन थालेको स्रोतको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend