आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरबहादुर देउवाको चुगली गर्दै प्रचण्डले गरे रामचन्द्र पौडेलसँग यस्तो बिन्ती !

शेरबहादुर देउवाको चुगली गर्दै प्रचण्डले गरे रामचन्द्र पौडेलसँग यस्तो बिन्ती !

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 9.8K
    SHARES

  • शेरबहादुर देउवाको चुगली गर्दै प्रचण्डले गरे रामचन्द्र पौडेलसँग यस्तो बिन्ती !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएर फुटको स्थिति आउँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सम्बन्ध विस्तार गर्न खोजेका छन् ।

    शुक्रवार दिउँसो प्रचण्ड र नेपालले पौडेललाई भेटेर सभापति शेरबहादुर देउवाको चुगली गरेका छन् ।

    प्रचण्ड–नेपालले सभापति देउवा प्रधानमन्त्री ओलीसँग मिल्न सक्ने भएकाले देउवालाई नियन्त्रण गर्न बिन्ती गरेका हुन् । ओली–देउवा मिलेर सरकार बनाएमा आफू कमजोर भइने डर प्रचण्ड–नेपाललाई छ ।

    नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीलाई देउवाले साथ दिनसक्ने अनुमान गर्दै प्रचण्ड–नेपालले कांग्रेसको संस्थापनइतर समूहलाई आफ्नो पक्षमा पार्न खोजेको छ । सभापति देउवाको भूमिकाप्रति शंका गर्दै कांग्रेसले उनलाई नियन्त्रण गर्नुपर्ने प्रचण्ड–नेपालको आग्रह छ ।

    पछिल्लो समय अध्यादेश प्रकरणपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा १ नम्बर प्रदेशका नेताहरूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने घोषणा गरेका छन् ।

    उनले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले ओलीले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताए । ओलीसँग अध्यादेश फिर्ता गर्नेबाहेक अर्को विकल्प नभएको प्रचण्डले दाबी गरे ।

    ‘असंवैधानिक र अराजनीतिक अध्योदश फिर्ता गर्ने पार्टी निर्णय हो, यसको अवज्ञा गरिए हामी एक्सनमा जान्छौं,’ उनले भने । 

    ओलीले पार्टी फुटाउन खोजेपनि पार्टी जोगाउँदै ओलीले चाल्ने गलत कदमविरुद्ध जुनसुकै विकल्पमा जान आफूहरू पनि तयार रहेको प्रचण्डले बताएका छन् । ‘जे जे गर्नुपर्ने हो, त्यो सबै गर्छौं । धेरै कुरा यहाँ नभनौं,’ उनले कार्यक्रममा भने ।

    प्रचण्डले अब २ अध्यक्ष भनेर पार्टी नचल्ने निष्कर्ष सुनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘पार्टी एकीकरणपछि दुई अध्यक्ष भएर धेरै निर्णय गरियो । तर उहाँ (ओली) को धोका दिने, अपमान गर्ने प्रवृत्ति रोकिएन,’ उनले भने, ‘मैले अब दुई अध्यक्ष मिलेर सचिवालयकै ७ जना वरिष्ठ नेताहरूलाई धोका दिन्न ।’ २ मिल्दा ७ नेता एकातिर हुने अवस्था तोडेर आफू ८ जना बन्न तयार भएको प्रचण्डले बताएका छन् ।

    ‘दुई अध्यक्ष मिलौं भन्ने र अरु नेताहरूलाई बाइपास गर्ने काम हुँदै आयो, मलाई पनि धोका भइरहने अवस्था भयो । त्यसैले मैले २ होइन, ८ हुन चाहें,’ उनले भने ।

    लामो समय सैद्धान्तिक विषयमा बोलेका प्रचण्डले पूर्व एमाले र पूर्व माओवादी भन्ने सोच नै नराख्न आग्रह गरेका छन् । पेरिसडाडाँमा भएको भेलामा १ नम्बर प्रदेशका प्रचण्ड र माधव नेपाल पक्षका जिल्ला अध्यक्ष, सचिव र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

    भेलामा नेता नेपालले ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेकाले सबै एकजुट हुनुपरेको बताए । ‘ओलीको बोलीको विश्वास नै हुँदैन,’ उनले भने ।

    प्रधानमन्त्री भएपछि ओलीले शुरूमा आफूलाई अपमान गर्ने काम गरेको र पछि  प्रचण्डलाई पनि त्यसै गरेको नेपालले बताए । ‘पार्टीका पूर्व प्रमुख र पूर्व प्रधानमन्त्री भइसकेका नेताहरूलाई धोका दिने, अपमान गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै केपी ओलीको योग्यता बनेको छ,’ नेपालले खुलासा गरे ।

    सबै नेताहरूलाई पालैपालो धोका दिने, झूटा आश्वासन दिने भएकैले पार्टीभित्र नयाँ समीकरण बनेको रहस्य उनले खुलाए । ‘अहिले कस्तो अवस्था बन्यो भने धोका पाउने र अपमानित हुनेहरू एक भएको जस्तो देखिएको छ,’ नेपालले भने ।

    पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने नेता नेपालले प्रस्ट पारे । ‘त्यसका लागि हामी माथि लड्छौं । तपाईंहरू तल लड्नुहोला,’ नेपालले आग्रह गरे । अहिले पूर्व एमाले र पूर्व माओवादी भन्ने कुरा उठाएर विभाजन गर्ने नियत देखिएकाले यसविरुद्ध लाग्न पनि नेता नेपालले आग्रह गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend