आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यस्तो रहेछ केपी ओलीविरुद्ध प्रचण्ड–नेपाल गुट बलियो हुनुको भित्रि रहस्य

यस्तो रहेछ केपी ओलीविरुद्ध प्रचण्ड–नेपाल गुट बलियो हुनुको भित्रि रहस्य

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 7.3K
    SHARES

  • यस्तो रहेछ केपी ओलीविरुद्ध प्रचण्ड–नेपाल गुट बलियो हुनुको भित्रि रहस्य

    काठमाडौं – पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्काे निर्णयबाट पछि हट्न बाध्य पार्ने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गुट बलियो बनेको छ ।

    प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले साथ दिएका छन् ।

    तर यी सबै नेताहरू ओलीविरुद्ध एकजुट हुनुको रहस्य के हो ? यसबारे आज शुक्रबार नेता माधवकुमार नेपालले खुलासा गरेका छन् ।

    शुक्रबार काठमाडौंको पेरिसडाडाँमा आयोजित १ नम्बर प्रदेशका आफू निकट नेताको भेलामा नेता नेपालले ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेकाले सबै एकजुट हुनुपरेको बताए । ‘ओलीको बोलीको विश्वास नै हुँदैन,’ उनले भने ।

    प्रधानमन्त्री भएपछि ओलीले शुरूमा आफूलाई अपमान गर्ने काम गरेको र पछि  प्रचण्डलाई पनि त्यसै गरेको नेपालले बताए । ‘पार्टीका पूर्व प्रमुख र पूर्व प्रधानमन्त्री भइसकेका नेताहरूलाई धोका दिने, अपमान गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै केपी ओलीको योग्यता बनेको छ,’ नेपालले खुलासा गरे ।

    सबै नेताहरूलाई पालैपालो धोका दिने, झूटा आश्वासन दिने भएकैले पार्टीभित्र नयाँ समीकरण बनेको रहस्य उनले खुलाए । ‘अहिले कस्तो अवस्था बन्यो भने धोका पाउने र अपमानित हुनेहरू एक भएको जस्तो देखिएको छ,’ नेपालले भने ।

    पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने नेता नेपालले प्रस्ट पारे । ‘त्यसका लागि हामी माथि लड्छौं । तपाईंहरू तल लड्नुहोला,’ नेपालले आग्रह गरे । अहिले पूर्व एमाले र पूर्व माओवादी भन्ने कुरा उठाएर विभाजन गर्ने नियत देखिएकाले यसविरुद्ध लाग्न पनि नेता नेपालले आग्रह गरे ।

    नेकपाभित्रको आन्तरिक कलह चर्किंदै जाँदा ओली र प्रचण्ड दुवै पक्षको गुट भेला बढेको छ । शुक्रवार पेरिसडाडाँमा प्रचण्ड र नेपाल पक्षका १ नम्बर प्रदेशका जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको भेला गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend