काठमाडौं – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष डम्बर खड्काले कम्युनिस्ट सरकार पूरै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सोमवार नेपाल कांग्रेसले गरेको देशव्यापी कार्यक्रम अन्तर्गत इलाममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता खड्काले विश्वमा कोरोना महामारीले उत्पात मच्चाउँदा समेत सरकार कुम्भकर्ण निद्रामै रहेको बताए ।
वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्यवृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गरेको छ ।
नेता खड्काले इलाम जिल्लाले नेकपाका २ शीर्ष नेताहरू झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङलाई मत दिएर विश्वास गर्दा समेत विकास नदेखिएको बताए ।
‘मेची राजमार्ग रहेको इलामको मुखैको माई खोलादेखि इलाम सदरमुकामसम्म धुलाम्मे सडकले हिडिनसक्नु छ,’ कार्यक्रममा उनले भने, ‘जनतालाई फाइदा हुने विकासमा कम्युनिस्ट नेताहरूको ध्यान छैन, सर्प पालन गर्न ७२ करोड छुट्याएर सरकारी ढुकुटी स्वाहा गरिरहेका छन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।