काठमाडौं – सरकारको सर्वसत्तावादको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सर्वसाधारणलाई सडकमा ओर्लन आग्रह गरेको छ । कांग्रेसले सरकारविरुद्धको प्रदर्शन ७७ जिल्लामै गर्दैछ। कांग्रेसले केन्द्रीय नेताहरुलाई विभिन्न जिल्लामा खटाइसकेको छ।
‘यही मंसिर २९ गते सोमबार ७७ जिल्लामा हामी एकसाथ सडकमा ओर्लन लाग्दैछौँ, विसंगतिहरुको विरुद्धमा, लोकतन्त्रको पक्षमा। तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ?’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यस अघि नै भिडियो सन्देश जारी गरी भनेका छन्, ‘जनता कोरोनाको मारमा रहेको, सरकार सत्ताको जित हारमा छ तपाईं सरकारलाई कडा दबाब दिन चाहनुहुन्छ भने मंसिर २९ गते सडकमा आउनुहोस्।’
तनहुँ घटना लगायतका अनेक दमन साक्षी रहेको, जनताको अधिकार एक एक गरेर खोस्दै गएको भन्दै सर्वसत्तावादलाई रोक्न सडकमा आउन कांग्रेसले आह्वान गरेको छ। त्यस्तै भ्रष्टाचारका विरोधमा सरकारलाई कठघरमा उभ्याउनका लागि पनि सडकमा आउनुपर्ने कांग्रेसको भनाइ छ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।