काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानसँग गरेको सहमति अनुसार समयमै भुक्तानी नभएपछि किसानहरू फेरि काठमाडौं केन्द्रित आन्दोलन गर्न माइतीघर मण्डलामा भेला भएका छन् ।
गत वर्ष भएको सहमति कार्यान्वयन नभएपछि किसानहरू आन्दोलन गरिरहेका छन् । किसानको माग जायज रहेकाले सबै पक्षमा रहेपनि सरकारले किसानलाई भुक्तानी दिलाउन सकेको छैन ।
उद्योग मन्त्री भट्टले सहमति कार्यान्वयन गराउन सकेका छैनन् भने कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानका पक्षमा प्रभावकारी पहल लिन सकेका छैनन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार रहेका बेला किसानले बिजोक हुनु बिडम्बनापूर्ण रहेको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लामो समयदेखि उखु उत्पादक किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको रकम मागिरहेका छन् । समाजवाद उन्मुख प्रणालीको संवैधानिक व्यवस्था र श्रमजीवी जनताको हित संरक्षक नेकपाको नेतृत्वमा सरकार भएको देशमा किसानहरूले पीडित भई क्रन्दन गर्नुपर्ने स्थिति विडम्बनापूर्ण छ ! किसानको माग पूरा गरियोस् ।’
नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका रावलले बिडम्बनापूर्ण अवस्थाको विश्लेषण गरिरहँदा सुदूरपश्चिमकै अर्का नेकपा नेता लेखराज भट्टले मन्त्री हुँदा समेत किसानको समस्यालाई गम्भीर रूपमा लिएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।